फेसबुकमा भ्रमित पोष्ट गर्ने स्याङ्जाका रेग्मी प्रकाउ

पाेखरा | भदौ २८, २०८०

फेसबुकमा भ्रमित पोष्ट गर्ने स्याङ्जाका रेग्मी प्रकाउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल फेसबुकमा भ्रमित लेखेर पोष्ट गर्ने स्याङ्जा घर भएका सुर्यबहादुर रेग्मीलाई प्रकाउ गरेको छ ।

 
प्रहरीले सामाजिक सञ्जालमा भ्रमित खवर लेखेर पोष्ट गरेको आरोपमा स्याङ्जाको आधिखोला गाउँपालिका ५ का ३५ वर्षीय रेग्मीलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए । 


सामाजिक सञ्जालमा भ्रमित सूचना लेखेर समाजमा अराजकता, आत्मसम्मान माथि आघात पु¥याउने गरी भ्रम फैलाउने र मेरो जीउ ज्यानको सुरक्षामा समेत असर पर्ने खालको झुठ्ठा एवम् अनर्गल प्रचार गरी सुर्य रेग्मी गरेको फेसबुक आईडीबाट पोष्ट भएको भन्दै निवर्तमान डा. श्रेष्ठले प्रहरीमा निवेदन दिएका थिए । 


भदौ २२गते रेग्मीले मध्यरातमा राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई उनकै निवासमा अज्ञात समूहले धारिलो हयिार प्रयोग गरेर घाईते बनाएको र उनलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको, अवस्था चिन्ताजनक भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए । 


मध्यरातमा सामाजिक सञ्जालमा धारिलो हतियार प्रयोग गरेर अज्ञात समूहले घाईते बनाएको भ्रमित खवरपछि निवर्तमान सांसद डा. श्रेष्ठले आफुलाई कसैले हतियार प्रयोग नगरेको र सकुशल रहेको बताएका थिए । 


प्रकाउ परेका रेग्मीमाथि विद्युतिय कारोबार ऐन,२०६३ विपरितको कसूर (साईबर अपराध)मा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्